रक्क गार्डेन् – ढुङ्गै ढुङ्गाले सजिएको प्राकृतिक बगैंचा

Homeसमाज

रक्क गार्डेन् – ढुङ्गै ढुङ्गाले सजिएको प्राकृतिक बगैंचा

अर्घाखाँचीमा आगलागीबाट दुई घर जलेर नष्ट , पिडित कुमाल परिवारद्वारा सहयोगको अपिल
बिबिसी को प्रभावशाली महिलाको सुची मा नेपाल कि सपना
आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा

पुष १२, अर्घाखाँची

भनिन्छ प्रकृतिको आनन्दमा हावा पनि रमाउछ। प्रकृति सुन्दरताको उपहार हो।यहाँ सृष्टिको हरेक पुञ्जमा सुन्दरता भेट्न सकिन्छ। त्यस्तै सुन्दरताले लिप्त अर्घाखाँचीको जालकाडाँ त्यसको उदाहरण बनेको छ।जसलाई पछि रक्क गार्डेन् ले नामांकरण गरिएको हो।

सदरमुकाम देखि डेढ घण्टा गाडीको यात्रा पश्चात् आउने पहाड को उक्त रमणीय स्थल जुन पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ छ , काला ढुङ्गा ले सजिएको पहाड, केही सम्मो चौर, माथि माथि हरियो बन, झट्ट हेर्दा मानव जीवनको सुरुवाती काग-डुङ्गे युगको झझल्को दिने ढुङ्गाहरु, अनेक आकृति र आकार बुनेका सुन्दर काला ढुङ्गा, कोही मुर्ति जस्तै ,कोही जनावर जस्ता, चन्द्रमा बाटा ल्याएका ढुङ्गा जस्ता, हेर्दा सबैको मन मोहित तुल्याउ छ।

यस ठाउँमा स्थान पर्यटकहरुको आगमन बढ्दै गएको छ भने बनभोज का लागि पनि निकै उचित र सम्भावना बोकेको छ।

पर्यटन लाइ ब्यबस्थापन गर्न केही प्रयास भएता पनि पिउने पानीको केही असुबिभा भएकोले पानीको सुबिधा मिलाउने हो भने रक्क गार्डेन् थप सुन्दर हेने दुइमत छैन । सम्बन्धित निकायको यसमा ध्यान जान जरुरी छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0