कुमाल समाज भवन निर्माणकाे लागि  स्थानीय तहसँग पहल

Homeकुमाल समाज

कुमाल समाज भवन निर्माणकाे लागि स्थानीय तहसँग पहल

माटाका भाडा बनाउने तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुको भनाइ
एक महिने माटाका भाडा बनाउने तालिम सन्धिखर्कमा सुरु
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको विजेता लमजुङकी निता कुमाल

११ पुस, काठमाडौं । कुमाल समाजको भवन निर्माणका लागि जग्गा आवश्यक परेको हुदा नेपाल कुमाल सुधार समिति जिल्ला काठमाडौंले चन्द्रागिरि नगरपालिका तथा स्थानीय तहसँग पहल गर्ने भएको छ ।

शनिबार नेपाल कुमाल सुधार समिति जिल्ला काठमाडौंकाे कार्यालयमा समितिका अध्यक्ष विशाल कुमालको अध्यक्ष्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

कोरोना संक्रमण जोखिमका कारण विगत ८ महिनादेखि बैठक बसेको थिएन । यस्तै बैठकले समितिको दर्ता प्रक्रिया अगाडि बढाउने, समितिलाई अझै सक्रियरुप लैजाने निर्णय पनि गरिएको अध्यक्ष कुमालले बताउनु भयो ।

बैठकमा नेपाल कुमाल समाज सुधार समितिका संस्थापक अध्यक्ष सुर्य कुमाल , नेपाल कुमाल समाज समृद्धि गूठीका अध्यक्ष दल बहादुर कुमाल लगायतको उपस्थिति रहेकोे थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0