४ वर्षीय व्लड क्यान्सर पीडित बालकलाई आइक्याट ( AICAT ) कलेज ग्रुप इजरायलद्वारा आर्थिक सहयोग

Homeसमाज

४ वर्षीय व्लड क्यान्सर पीडित बालकलाई आइक्याट ( AICAT ) कलेज ग्रुप इजरायलद्वारा आर्थिक सहयोग

नवलपुरमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जना गम्भीर घाइते
अवैधरुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेका ११ वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा
गत शनिबार मनाङको मस्र्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेका परवारलाई आर्थिक सहयोग

१२ पुस , अर्घाखाँची ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ९ का व्लड क्यान्सर पिडित बालकलाई आइक्याट ( AICAT ) कलेज ग्रुपले आर्थिक सहयोग गरेको छ ।
भुमिकास्थान ९ का ४ वर्षीय व्लड क्यान्सर पीडित आयुष रायमाझीलाई आइक्याट ( AICAT ) कलेज ग्रुप इजरायलद्वारा ५५ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको हो ।
इजरायलमा रहेर अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु बावुराम केसी,विराज मुखिया कुमाल,सरोज पोख्रेल र सागर पोख्रेलको नेतृत्वमा सो आर्थिक सहयोग जुटाएको हो ।

आर्थिक सहयोग पीडित बालकका लागि बाबुराम केसी (अर्घाखाँची) रु. ४ हजार ८ सय ८९ , विराज मुखिया कुमाल, (अर्घाखाँची) रु. ३ हजार ७ सय ६८, सरोज पोख्रेल ( अर्घाखाँची) रु.३ हजार ७ सय ६८, रुपेश श्रेष्ठ (धादिङ्ग ) रु . १ हजार ८ सय १३ , समनसिँह गुरुङ ( धादिङ्ग -ग्रुप लिडर ) रु. १ हजार ७ सय ७७ , जीवन खनाल ( रुपन्देही )रु. १ हजार ७ सय ७७ , मिलन आले (रुपन्देही ) रु.१ हजार ७ सय ७७ , प्रकाश न्यौपाने (नवलपरासी) रु. १ हजार ७ सय ७७ ,जोशन खड्का (धादिङ्ग ) रु.१ हजार ७ सय ७७ , राजकुमार राइ (धादिङ्ग ) रु.१ हजार ७ सय ७७ , सतिश थापा (नवलपरासी ) रु. १ हजार ७ सय ७७ , मनोज चौधरी (कपिलबस्तु) रु. १ हजार ७ सय ७७, सरोज पोख्रेल( कपिलबस्तु) रु. १ हजार ७ सय ७७ , बिर बहादुर थापा (गोरखा) रु.१ हजार ४ सय २२, युवराज थापा मगर (गोरखा) रु.१ हजार ४ सय २२ र सुजन पौडेलबाट (कपिलबस्तु) रु. १ हजार २ सय ४४ सहयोग गरेका थिए ।
यस्तै गरि सागर पोख्रेल (अर्घाखाँची) रु .१ हजार ६६ , विजय भट्टराई (रुपन्देही ) रु. १ हजार ६६ , राजन यादव( रुपन्देही ) रु .१ हजार ६६ , जय प्रकाश राम (बारा ) रु .१ हजार ६६ , राजेन्द्र गैरे (पाल्पा ) रु. १ हजार ६६ , मिलन भट्टराई(पाल्पा )रु . १ हजार ६६ , माधव सुवेदी (कास्की ) रु. १ हजार ६६, सपना केसी (कपिलबस्तु ) रु – ८ सय ८८ , सुनिता शर्मा (रुपन्देही ) रु. ८ सय ८८ , लक्ष्मी चौधरी (रुपन्देही ) रु. ८ सय ८८, लक्ष्मी बस्याल(नवलपरासी) रु. ८ सय ८८, इश्वर तिवारी (कास्की ) रु – ८ सय ८८ , मुकेश ज्ञवाली (रुपन्देही ) रु. ७ सय ११ , आनन्द भट्टराई(अर्घाखाँची)रु. ७ सय ११, दिपक नेपाली( बाग्लुंग ) रु. ७ सय ११ , तिलोकचन शर्मा(बाग्लुङ्ग ) रु. ७ सय ११ , खुस कैसिया थारु (रुपन्देही)रु. ७ सय ११ , माधव घिमिरे(अर्घाखाँची )रु. ७ सय ११ र पिन्टु गुप्ताले पनि (रुपन्देही ) रु.७ सय ११ रकम सहयोग गरेका थिए ।
यस्तै लक्षमण थारु (रुपन्देही ) रु. ७ सय ११ , शिव चौधरी ( रुपन्देही ) रु. ७ सय ११, सुदिप बनिया (कास्की ) रु. ७ सय ११ , बिनोद बि.क( स्याङ्गजा ) रु.७ सय ११ , अरुण खनाल(कपिलवस्तु )रु. ६ सय ४० र हरिन्द्र कुमार हरिजन (नवलपरासी ) बाट समेत रु. ५ सय ३३ आर्थिक सहयोग गरेका हुन् ।
बालकको उपचार गर्नका लागि घरको आर्थिक अवस्था कमजोर रहेको छ । त्यस कारणले गर्दा पनि उपचार खर्च जुटाउनका लागि आयुष बचाउ अभियान नै थालिएको छ ।

उनको अहिले भारत स्थित नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स)अस्पतालमा उपचार भइरहेको छ।
अध्ययनरत विद्यार्थीहरुद्वारा संकलित रकम गएको विहिबार
बालककै खातामा पठाईदिएको नेतृत्वकर्मीहरुले बताएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0