वुहानको रिपोर्टिङ गर्ने पत्रकारलाई ४ वर्ष जेल सजाय सुनायो

Homeअन्य

वुहानको रिपोर्टिङ गर्ने पत्रकारलाई ४ वर्ष जेल सजाय सुनायो

These are the fastest growing new jobs for 2019
In Fashion: Nostalgic Scarf Prints Come Back Into View
Teen Smoking: How to Help Your Teen Quit

१३ पुस ,  काठमाडौँ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई जेल सजाय सुनाइएको छ ।
३७ वर्षीया पत्रकार झाङ्ग झानलाई चार वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
रिपोर्टिङका क्रममा झगडा गरेको र समस्यालाई उकासेको आरोपमा दोषी ठहर गर्दै पत्रकार झाङ्गलाई जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । उनीमाथि परेको रिट निवेदनको सुनुवाइका क्रममा उनका समर्थकले अदालतबाहिर प्रदर्शन गरेका थिए ।
यसअघि झाङ्गलाई गएको मे महिनामा हिरासतमा लिइएको थियो । आफूलाई हिरासतमा लिएको विरुद्ध उहाँले भोक हड्ताल सुरु गरेकी थिइन् ।
झाङ्गको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको वकिलहरुले बताएका छन् ।
चीन सरकारमाथि स्वतन्त्र रुपमा कुनै पनि समाचार र रिपोर्टिङ गर्न नदिइने आरोप लाग्दै आएको छ ।
कोरोना भाइरसलाई लिएर सरकारको नीतिमाथि प्रश्न गर्नेलाई कारबाही हुने गरेको खबरमा उल्लेख छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0