१३ पुस, नवलपुर ।
पूर्वी नवलपरासीमा नदीजन्य पदार्थको अबैध उत्खनन् कार्य रोकिन सकेको छैन ।
सोमबार मात्र जिल्ला प्रहरी कार्यालय नवलपुरले नदीजन्य पदार्थको चोरी निकासी गरिरहेका १८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणका अनुसार विनयी र केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका ट्याक्टरलाई नियन्त्रणमा लिईएको हो ।
सोमबार विहान विनयी त्रिवेणी गाउपालिका ४ पिदरी स्थित विनयी खोलाबाट नम्वर नखुलेको एउटा ट्याक्टरसहित १६ वटा ट्र्याक्टर अस्थायी प्रहरी पोष्ट डण्डाले नियन्त्रणमा लिएको हो ।
यस्तै कावासोती नगरपालिका ३ स्थित केरुङ्गे खोलाबाट २ वटा ट्याक्टरलाई प्रक्राउ गरिएको छ ।
नदीजन्य पदार्थ चोरी निकासी गरेका १८ वटै ट्याक्टर कारवाहीका लागि सम्बन्धित कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।
COMMENTS