पाथीभरा क्षेत्रमा लागेको आगो ५ दिन हुदासम्म नि नियन्त्रणमा आउन सकेन

Homeसमाज

पाथीभरा क्षेत्रमा लागेको आगो ५ दिन हुदासम्म नि नियन्त्रणमा आउन सकेन

नेपालमा थप एक सय पाँच जना नयाँ संक्रमित
३ लाख ८५ हजार नगद सहित ५ जना पक्राउ
आइतबार देशैभर प्रथम सहीद क्याप्टेन लखन थापा मगरको १४४ औँ स्मृति दिवस मनाइयो

१३ पुस , ताप्लेजुङ ।

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट पाथीभरा मन्दिरको उत्तरपट्टि केही तल भिरमा रहेको थान जलेको छ ।

काठमाण्डौबाट गएको सिम्रिक एअरको हेलिकप्टरले पानी खसालेर आगो नियन्त्रण गर्न खोजे पनि नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी झेन्द्रप्रसाद चापागाईँले बताउनु भएको छ ।

हेलिकप्टरमार्फत चार पटक पानी खसाले पनि आगो नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी चापागाईँले बताउनुभयो ।

अहिले पूजा गरिँदै आएको मन्दिर क्षेत्रमा आगो नपुगे पनि मन्दिर वरिपरिको क्षेत्र भने जलेर नष्ट भएको पाथिभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्ले बताउनुभयो ।

​काफ्लेका अनुसार मन्दिर जोगाउने र डढेलो नियन्त्रणको प्रयास भइरहेको छ ।
पाथीभरा क्षेत्रमा पानीको अभावका कारण पनि आगो नियन्त्रणमा नआएको हो ।

मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरीलगायतका आगोले चाँडो टिप्ने वस्तुलाई भने बटुलेर अन्यत्रै जलाइएको छ ।

निर्देशक काफ्लेका अनुसार डढेलो मन्दिरभन्दा केही तल रहेको फोहर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढिरहेको छ ।

गत बिहीबारदेखि फुङ्लिङ नगरपालिका ११ को फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रबाट आगलागी सुरु भएको हो ।
कसरी आगलागी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको पनि प्रजिअ चापागाईँले बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0