सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

Homeसमाज

सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

माघे सक्रातिको अवसरमा सार्वजनिक बिदा
काठदाउरामा लगाएको प्रतिवन्ध फुकुवाको माग गर्दै नवलपुरमा विरोध प्रर्दशन — फोटो फिचर
विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

१३ पुस , काठमाडौं ।
सरकार र उखु किसानबीच सोमबार सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो ।

सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सरकारले सम्बन्धित उद्योगहरुबाट २१ दिनभित्रमा उपलब्ध गराउनेछ ।
तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरुलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि सहमति पत्रमा उल्लेख छ ।
सरकारसँग सहमति भएसँगै उखु किसानले काठमाडौंमा १६ दिनदेखि गरेको धर्ना प्रदर्शन पनि स्थगित गर्ने भएका छन् ।

त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने पनि सहमति भएको छ ।

उक्त समितिले बक्यौता भुक्तानी हुनपर्ने रकमउपर उद्योगी र उखु किसानको दाबी फरक फरक भएको हुँदा यस सम्बन्धमा यथार्थ यकिन गरी भुक्तानीका सम्बन्धमा सुझाव पेस गर्ने बताइएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0