भौतिक संरचना बिनै मेसिन ल्याउदा पिसीआर परीक्षणमा ढिलाइ भयो — मध्यविन्दु जिल्ला अस्पताल

Homeसमाज

भौतिक संरचना बिनै मेसिन ल्याउदा पिसीआर परीक्षणमा ढिलाइ भयो — मध्यविन्दु जिल्ला अस्पताल

कावासोती स्थित बाल उद्यान आकर्षणको केन्द्र बन्दै
सिटी हल निर्माणको काम धमाधम सुरु
२० हजार राशीको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ घोषणा

१४ पुस , नवलपुर ।
गत कात्तिक महिनामा पूर्वी नवलपरासी जिल्लामा आएको पिसिआर मेसिन सञ्चालनमा ल्याउन ढिलाई भएको छ ।
नवलपुरको कावासोती नगरपालिका १६ स्थित मध्यविन्दु जिल्ला अस्पतालमा गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयबाट प्राप्त उक्त मेसिन सांसद तिलक महतद्धारा हस्तारन्तरण गरिएको थियो ।


मध्यविन्दु जिल्ला अस्पतालका सुचना अधिकारी एवम् जनस्वास्थ्य निरिक्षक छबिलाल सुवेदीका अनुसार पिसिआर टेस्ट मेसिन एक महत्वपूर्ण पाटो भएता पनि कुनै भौतिक संरचना बिनै मेसिन ल्याईएका कारणले गर्दा सञ्चालनमा ढिलाई भएको हो ।


कोरोना भाईरस परीक्षणका लागि पिसिआर टेस्ट मेसिन ल्याइएको दुई महिना कटि सकेको छ ।
यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन भौतिक संरचनाका कार्य तिव्ररुपमा थालिएको सुचना अधिकारी सुवेदी बताउनु हुन्छ ।
गण्डकी प्रदेश सरकारबाट पिसिआर मेसिन सञ्चालनका लागि ५३ लाख बजेट प्राप्त भएको पनि सुचना अधिकारी सुवेदीले बताउनु भएको छ ।
जस मध्ये भौतिक संरचना निर्माणका लागि १० लाख, जनशक्ति व्यवस्थापनमा १४ लाख प्राप्त भएको छ ।
जिल्ला अस्पतालले सुचना प्रकाशित गरेर पिसिआर टेस्ट सञ्चालन गर्नका लागि ६ जना जनशक्तिलाई छनौट गरेर अस्पतालमा हाजिर भईसकेको पनि बताउनु भयो ।
छनौट भएर आएका जनशक्तिलाई १५ दिनको तालिम प्रदान पनि गरिने बताउनु भयो ।
अहिले जिल्ला अस्पतालमा पिसिआर सञ्चालन गर्नका लागि ७५ प्रतिशत कार्य गर्नु पर्नेमा ६० प्रतिशत कार्य सम्पन्न भएको छ ।


पिसिआर ल्यावका लागि चाहिने एउटा सामान्य फ्रिज गरी ४ वटा डि फ्रिज ,पिसिआर ल्यावमा चाहिने किटहरु प्राप्त हुन बाँकी रहेको छ ।
ति औजार उपकरणहरु यही पौष महिना भित्र आई सक्ने पनि मध्यविन्दु जिल्ला अस्पतालका सुचना अधिकारी एवम् जनस्वास्थ्य निरिक्षक छबिलाल सुवेदीले बताउनु भयो ।
यस्तैगरी पिसिआर मेसिनको पौषको पहिलो हप्तातिर सञ्चालन गर्ने भनिएको र विभिन्न कारण वस् समयमै गर्न नसकिएको प्रति क्षमा माग्नु भएको छ ।
अव भने माघको पहिलो हप्तामा नै सञ्चालन गर्न सकिने वहाँको आंकलन छ ।
यस्तै वहाँले सर्वसाधारणदेखि लिएर राजनितिक दलहरुबाट मध्यविन्दु जिल्ला अस्पतालले पिसिआर मेसिन त पायो ।
यिनिहरुले किन चलाएनन् ? मेसिन त्यहि भण्डारणमा कुहिएर जाने होकी ? अन्तै पठाउने होकी भन्ने जस्ता प्रतिक्रिया आएको बताउनु भयो । यो प्रतिक्रिया आउनु स्वाभाविक भएको पनि सुचना अधिकारी सुवेदी बताउनुहुन्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0