आउ संस्कृती जोगाऔं

Homeकुमाल साहित्य

आउ संस्कृती जोगाऔं

18 facts about country billboards that will impress your friends
नगदसहित कावासोतीमा ६ जुवाडे पक्राउ
How to be unpopular in the cheap cloth world

शिर्षक ः आउ संस्कृती जोगाऔं

गाँस्दा गाँस्दै फुस्कन्छन् माछीजाल
जोड्दा जोड्दै फुट्छन् माटाका भाडा,
हामीले नजोगाए, हराउछन् हाम्रा संस्कृति
ए कुमाल दाई!
आउ न हातेमालो गरि
जोगाउँ संस्कृति !

फुटेको भाडा जोड्न
माटोको फेविकल तिमी ल्याउ,
जग बलियो बनाउन
बफादारीको चक्र म ल्याउला,
ए कुमाल्नी भाउजू!
आउ न एकताले बेरिएको घर बसाउ!
आगनमा थुप्रिएको माटोले कुनैदिन,
केही थान माटाका भाडा बन्लान्,
फुस्किएका माछी जालमा कुनैदिन
केही छाक माछा मर्लान्
ए कुमाल दाई!
आउ तिनै भाडा रङ्गाउन,
घाईते हाम्रो संस्कृतिमा
मलम पट्टि लगाउन!!
सम्झिदै छु तिनै गुन्यु चोली
आस्कोट कछाड्लाई
भोलि फेरि बजेछन भने
तिमीले र मैले अबेर राति सम्म
गाउने र नाच्ने पाउदुरेका भाकाहरु,
म फर्कने छु त्यही ठाउँमा
कुमाल दाइ,
तिनै संस्कृतमा सजिनलाई!

अनेक रसीले जकडिएर
बसेको माछीजाल जस्तै
अल्झिएको समाजलाई,
ए कुमाल दाइ!
आउ न, त्यो जालो फुकाउन,
फुटेको घैटा जस्तै
समाज टुक्रिनु बाटा जोगाउन!!

कुमालेको चक्र जस्तै घुमाउरो यो जिन्दगी,
कुमालेको काचो माटो जस्तै अपरिपक्व यो जिन्दगी,
ए कुमाल दाइ!!
आउ न,
हामीले हाम्रो समाजको घुमाउरो रेखा कोर्नु छ
हामीले हाम्रो समाजलाई परिपक्व बनाउनु छ!!
ए कुमालनी भाउजू
आउ न,
हामीले हाम्रो संस्कृतिलाई जोगाउनु छ,
हामीले एकताको समाज घर बनाउनु छ!!

रचना मुखिया कुमाल
सन्धिखर्क न.पा १, अर्घाखाँची

COMMENTS

WORDPRESS: 0
DISQUS: 0