२६०४ औँ तमु ल्होसार पर्व मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

Homeसमाज

२६०४ औँ तमु ल्होसार पर्व मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

महिला हिंसा बढेकोमा राष्ट्रपतिको गम्भीर चासो
नेपालमा थप एक सय पाँच जना नयाँ संक्रमित
सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर

१५ पुस , काठमाडौँ ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
यस अवसरमा विगत वर्षमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ ।
यसैविचमा तमु ल्होसारको उपलक्ष्यमा आज गण्डकी प्रदेशमा सार्वजनिक विदा भएको छ ।
२६०४ औँ तमु ल्होसारको अवसरमा विदा दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको हो ।
प्रदेशका सबै सरकारी कार्यालय , शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा दिने निर्णय गण्डकी सरकारले अघिल्लो वर्ष नै गरेको हो ।
२०७६ चैत २२ गतेको प्रदेश मन्त्री परिषदको निर्णय अनुसार तमु ल्होसारका दिन सार्बजनिक बिदा दिइने गण्डकी प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0