नेपाल कुमाल समाज २७ वर्ष पूरा , समुदायका लागि कुनै ठोस कार्य नभएको भन्दै असन्तुष्टि बढ्यो

Homeकुमाल समाजकुमाल समाज विशेष

नेपाल कुमाल समाज २७ वर्ष पूरा , समुदायका लागि कुनै ठोस कार्य नभएको भन्दै असन्तुष्टि बढ्यो

” बोझ भर्सेस नारी”
नेपाल कुमाल समाज सुधार समिति काठमाडौं जिल्ला कार्य समिति को बैठक सम्पन्न
कुमाल समाज भवन निर्माणकाे लागि स्थानीय तहसँग पहल


१५ पुस , काठमाडौं ।
नेपाल कुमाल समाज सुधार समितिको स्थापना बुधबार ( पुस १५ गते ) २७ वर्ष पुरा भएको छ ।
दिवसका अवसरमा कुनै पनि औपचारीक कार्यक्रम भने गरिएको छैन ।
विगतका वर्षहरुमा विभिन्न सभा कार्यक्रमहरुको आयोजना गर्दै आएको भएतापनि यस वर्ष कोरोना संक्रमण जोखिमका कारण कुनै पनि कार्यक्रमको आयोजना नगरिएको समितिले जनाएको छ ।

स्थापनाकोे २७ औँ वर्ष बित्दा पनि समुदाय पक्षमा कुनै ठोस उपलब्धी नदेखिएकोमा भने असन्तुष्टि देखिएको छ ।

असन्तुष्टि बढिरहेको सन्दर्भमा समितिका महासचिव ठाकुर कुमालले भने यसलाई स्वभाबिक रुपमा लिएका छन् । समुदायको हकहितका लागि केही पनि नभएको भन्नेमा भने उनी स्वीकार गर्दैनन ।
समुदायको हकहित अधिकार र उत्थानमा केही काम भएका तर प्रत्यक्ष देखिने तवरले ठोस उपलब्धी भने नदेखिएको उनको भनाइ छ ।
ठोस उपलब्धी नदेखिनुका केही कारण भएको उनी बताउँछन् ।
कुमालसँगको टेलिफोन कुराकानीमा उनले भने, हाम्रा समुदायमा राजनितिक पहुँच भएका व्यक्ति छैनन , कतै भइहाले पनि समुदाय प्रतिको चासो छैन , मुख्यतः आर्थिक अभावकै कारणले गर्दा केही ठोस कदमहरु चाल्न सकिएको छैन ।
सम्पूर्ण कुमाल एक हौँ भन्ने मुल उदेश्यका साथ विं.सं. २०५० मा स्थापना भएको हो ।
उक्त संस्था कुमालहरुको मातृ संस्था २७ वर्षको यात्रा सम्म आई पुग्दा कुमाल समुदायको हकहितका लागि संघर्ष गर्दै आएको थियो ।
तर विं.सं. २०६५ साल नवलपरासीको अरुणखोलामा भएको ५ औँ अधिवेशनको बन्द सत्रबाट कुमाल सुधार समाज राजनितिक मतभेदका कारण दुइ समुहमा विभाजन भएको थियो ।
समाजका जिम्मेवार व्यक्तिहरु नै जिम्मेवार विहिन भएपछि समुदायका लागि भनेर स्थापना गरिएको समिती टुटफुटले कुमालको अस्तित्व धरापमा पार्ने होकि भन्ने आशंका पैदा भएको छ ।
अब आउने दिनहरुमा यस्ता विभाजित जस्ता प्रवृत्तिलाई रोकेर समुदाय सकृयरूपमा लानु पर्ने अत्यन्त आवश्यक देखिन्छ ।
हाल एउटा समुहको नेतृत्व केवल पाल्पालीले गरिरहेका थिए, भने अर्को समुहको नेतृत्व नरेन्द्रमान मुखिया कुमालले गरेका थिए ।
यसैबीच
गत वर्ष माघ महिनामा विगत ११ वर्षदेखि दुई समूहमा विभाजन रहेका समितिलाई एकता महाधिवेशन गर्ने गरि अध्यक्षद्वयलाई लाई संयोजकत्वमा राखिएको छ ।

गत वैशाखमा लमजुङको सुन्दरबजारमा एकताको महाधिवेशन गर्ने निर्णय भएको भए पनि कोरोना भाइरसका कारण हुन नसकेको र अव छिटै महाधिवेशनको तयारीमा लाग्ने नरेन्द्रमान मुखिया समुहका महासचिव खिम कुमालले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1