नेपाली कांग्रेसले भोलि ४५ औँ मेलमिलाप दिवस मनाउदै

Homeराजनीति

नेपाली कांग्रेसले भोलि ४५ औँ मेलमिलाप दिवस मनाउदै

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा
संवैधानिक परिषद्को बैठक मङ्गलबार वस्ने
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

१५ पुस, काठमाडौं ।

नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन भोलि (पुस १६ ) गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउदै आएको छ ।
यसै सन्दर्भमा काँग्रेसले कपिलवस्तुको तौलिहवामा आमसभा कार्यक्रम गरी ४५ औँ मेलमिलाप दिवस मनाउने भएको छ । सभालाई सम्बोधन गर्न कांग्रेस नेताहरू महामन्त्री डा. शशांक कोईराला, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, गुरू राज घिमिरे आज कपिलवस्तु गएका छन् ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0