अङ्ग्रेजी नयाँ वर्ष २०२१ र नेपाली टोपी दिवस मनाइदैं

Homeसमाज

अङ्ग्रेजी नयाँ वर्ष २०२१ र नेपाली टोपी दिवस मनाइदैं

“हामीलाई भत्ता होइन सीप अनुसारको रोजगार दिनुहोस् “रिम घर्ती
आजदेखि मङ्गलबारसम्म वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न मौसमविद्को सुझाव
नवलपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

१७ पुस , काठमाडौं ।
आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गर्दछ्न् ।

यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1