१७ पुस , काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्।
तर निर्वाचन आयोगले भने सो निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ।
‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’
अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँगको एक भर्चुअल अन्तरक्रियामा साे दाबी गरेको थियो ।
तर यता प्रचण्ड–नेपाल पक्षका नेताहरुले भने प्रधानमन्त्रीले त्यस्तो दाबी गरेरै झूठ बोलेको बताएका छन् ।
COMMENTS