एडीबी बैंकले दिने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

Homeराजनीति

एडीबी बैंकले दिने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्ने
दाहाल–नेपाल समूह निर्वाचन आयोगमा
नेकपा प्रचण्ड–माधव पक्षको प्रम ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी

१७ पुस , काठमाडौं ।

सरकारले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एडीबीबाट प्राप्त हुने अमेरिकी डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले कर्णालीका केही जिल्लामा सञ्चालनमा रहेको बाल पोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी ११ जिल्लामा थप्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन(तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनु भयो ।

त्यस्तै संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताउनु भयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0