एउटा खोस्टो पेपरमा हस्ताक्षर गरेको भरमा समाज परिवर्तन हुदैन ? कहिलेसम्म दलित विभेदमा पिल्सने ?

Homeसमाज

एउटा खोस्टो पेपरमा हस्ताक्षर गरेको भरमा समाज परिवर्तन हुदैन ? कहिलेसम्म दलित विभेदमा पिल्सने ?

कावासोती नगरबाट भने जस्तो सुबिधा पाउन सकिएन – महिला अर्गानिक कृषक समूह
तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाइदै

सिमाना खाती
१८ पुस , नवलपुर

विगत लामो समयदेखि जातिय विभेद र छुवाछुतको सिकार बन्दै आएको दलित समुदाय अझैपनि विभेद मै पिल्सिनु परेको अवस्था छ ।
२१ औँ शताब्दी सम्म आई पुग्दा नि त्यहि परम्परागत रुढीवादी अनि व्यापक जातिय विभेदको जरा गडि वसेको छ ।
जतिय विभेद अन्त्यका लागि विभिन्न सचेतना मूलकका कार्यक्रमहरु र अभियान सञ्चालन हुन्छन् । तर दलित समुदायलाई हेर्ने ठूला जाति हुँ भन्नेहरुको दृष्टिकोण भने नितान्त फरक देखियो ।
प्रत्यक्षरुपमा होस् या अप्रत्यक्षरुपमा अहिले पनि छुवाछुत दलितका ति पिडा जियुँका तियुँ रहेका छन् ।

नेपाल चारजात ३६ वर्णको फूलबारी हो भन्ने भनाई शब्द निकै मिठो लाग्छ । मानिसहरुले भन्दा पनि अति राम्रो सुनिन्छ । तर नेपाल जति सुन्दर नामले परिचित छ , यहिँ देशका मनिसको मानसिकता रुढीबादीले व्याप्त ग्रसित छ ।
जातिवादको भूत चढेकाहरुबाट नै शासन हुने गर्दछ । कहिले हो यो समाजमा मानव भै जिउन पाउने दलित ?
एउटा दलित समुदायको व्यक्तिले आफ्नो पुरा परिचय समेत दिन कठिन भएको समाज भावी पुस्ताको खातिर कस्तो परिभाषा बन्ला खै ? अजिव लाग्छ ।
अहिले सम्म म दलित हुँ , भनी खुलेर हिड्न , आफ्ना धारणा व्यक्त गर्न पाउने राम्रो वातावरण समेत छैन ।
कतिपय मानिसहरु नाम सँगै थर सुन्नासाथ झस्कने गर्दछन् भने अन्य समुदायकोसँगै मिल्दोजुल्दो थर भएमा नबुझेरै टाउको हल्लाउने गरेको समाजमा मज्जाले भेटिन्छ ।
यति राम्रो नेपाली अक्षरबाट बनेको परिचय ,अनि ति मिठा शब्दहरुबाट बनेको नाम र थर, दलित समुदायको बाहनामा लापरवाही भएको पाइन्छ । म नेपाली हुँ गर्व लाग्छ ,देश परिवर्तन भइ जातिय विभेद मुक्त नेपाल देख्न आतुर छु ।

बाल्यकालको अनुभव
म ठिक १४ वर्षको हुदाँ विद्यालयबाट वनभोज कार्यक्रममा गएको थिए । दलित समुदाय वाहेकका अन्य समुदायका साथीहरु भान्छाका काममा लागि परेका थिए । त्यही काममा दलित समुदायका विद्यार्थी पनि सहभागी भए, र रायोको साग काटे , तर एउटै कक्षामा पढ्ने अन्य समुदायका साथीहरुले यो साग त कामीले काटेको चल्छ ? भनेर प्रश्न उठाए ।
त्यही बेला अनेकौँ प्रश्नहरु मेरो मनमा खेल्न थाल्यो ।
ठिक त्यही समयमा हामीसंगै गएका एक जना शिक्षकले भने साहानुभूती दियो । तर अन्य शिक्षकहरुले भने यस कुराको कुनै मतलब नै गरेनन् ।
बाल्यकालमा अन्य समुदायको साथीसँगै खेलेर एउटै विद्यालयमा अध्ययन गरी केहि पाठ सिकेर बाल्यकालको अबुझ समयमा ति साथीहरुबाटै जातिय विभेद र छुवाछुतको सिकार हुन पुगियो ।
कलिलो उमेर त्यो तितो क्षण अथवा जातिय विभेद र छुवाछुतको व्यवहारले अझैपनि बेलाबेलामा झस्काई रहन्छ ।

हरेक तहमा विभेद ः
समृद्ध र समतामुलक समाजको निर्माण हुनु अत्यन्तै आवश्यक छ ।
पेशागत रुपमा अब्बल छु भन्नेहरु हरेक स्थानमा उदाहरणीय बन्न चाहान्छन् । तर, कतिपयले त सिमा नै नाघेको प्रष्ट देखिन्छ । हरेक कुराको परामर्श लेनदेन सँगै समय खर्चिन्छ अचानक त्यसैमा विभेद मिसिन्छ ।
आखिर जातमा के छ त्यस्तो ? एउटा असहाय गरिब व्यक्ति , धुलो मैलो पोशाकमा अलिकति वर्ण फरक , हुनुपर्छ दलितको नाममा घृणाले गुटुमुटु पार्ने यहि समाज छ ।
एउटै पेशाको दौडानमा हुँदाहुँदै केहि दुरीको अन्तर मै अछुत बनाइदिन्छ ।
हरेक पेशाले सबैलाई समेटियोस् भन्छ , समान व्यवहार गर्न सिकाउछ बिडम्बना सिकाइ त कल्पनाको भुमरीमा डुब्न पुग्छ ।
उल्टै खुट्टा तान्ने कार्यमा सक्रिय भइदिन्छ । हाम्रो समाजमा नराम्रो दलित , कमजोर दलित , अशिक्षित दलित , बेरोजगारी दलित , असहाय दलित , अन्यायमा परेको दलित यि सबै पक्षबाट अछुत पनि दलित ।
कुनै संस्था, कार्यक्रम अथवा समारोहमा दलित समुदायको केही संख्या मात्र हुनु पर्छ, अन्य समुदायका नेता हुन् वा अधिवक्ता नै , भाषणमा दलित समुदायका मानिस असाध्यै राम्रा हुन्छन् , र मान्छेमान्छे एउटै हुन् काटे रगत आउछन् जाति विभेद र छुवाछुतको अन्त्य गर्नु पर्छ भनेर
फुरुक्क पारेर टेबल ठोकी मुख पड्काएर ठिक्क पार्छन् । तर, भाषणमा त ठोक्छन् व्यवहारमा कार्यान्वयन भने गर्दैनन् ।
हरेक क्षेत्रमा केहि न केहि अछुतपन मिसिएको नै हुन्छ । मानसिक रोगले सल्बलाउनेहरुको औषधी उपचार कसरी गर्ने ?
साच्चै न दलित समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने नै हो । भने आफुबाट नै छुवाछुतको अन्त्य गर्नमा तल्लिन हुनु आवश्यक छ ।
समानता हक र अधिकारले जिउन पाउनु नेपालको संविधानमा उल्लेख छ । तर, आजसम्म लिखितमा मात्र सिमिति भईरहेको छ ।

त्यसैले समाजमा मुख पड्काएर र टेबल ठोकेर मात्र होइन फराकिलो सोचले भरिपुर्ण भएको सक्षम नागरिकबाट नेपाल देश चल्नु आवश्यक छ ।
समाज परिवर्तनको निम्ति एउटा खोस्टो पेपरमा हस्ताक्षर गरेको भरमा मात्र नभई सहि ढंगले कार्यान्वयन हुनुपर्दछ । अमुल्य समयको दौडानसँगै कलम र कागजको महत्वलाई बुझ्न सके मात्र सुन्दर देशको निमार्ण हुन्छ । अनि मुसुक्क मुस्कुराउदै देशमा शान्ति कायम हुन्छ ।
सिनियर अग्रजहरुबाट निर्मित समाज आज सम्म छुवाछुतको प्रथाले जरा गाडेको छ ।
उनै परिवर्तित व्यक्तिहरुले जातिय विभेद रहित समाज निर्माण भए देश अझ कति सुन्दर बन्दो हो भनी चिन्ता व्यक्त गर्दछन् । महान्ताको खोल ओढी मपाइको सान झार्नेहरुलाई आफ्नै सन्तानले समेत मानसिक परिवर्तनको चासो राख्दा तुच्छ व्यवहार गरेको यहि समाजमा पाइन्छ ।

दोष दिन्छु भाग्यलाई
नाम सोध, थर नसोध
पेशा देउ, जिउन देउ
यो समाजले अछुत बनायो
तर, ज्यान मार्ने धम्की नदेउ ,,,
मेरो पनि परिवार छ , माया छ ,
जन्म पाए , जिएको छु ,
यो समाजले अछुत बनायो ,
त्यसैले त ,आँशु पिएको छु ,,,
बेसाहारे यात्रा चिन्ता छ धेरै
केहि खुड्किला चढ्दै छु
खाल्डाखुल्डीसँग लड्दै छु
यो समाजले अछुत बनायो
त्यसैले त केहि पाठ सिकेर
अभ्यास गर्दैछु ,,,

COMMENTS

WORDPRESS: 0
DISQUS: 0