टीकापुर ‘थारू विद्रोह’ का बन्दीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

Homeसमाज

टीकापुर ‘थारू विद्रोह’ का बन्दीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

पत्रकार महासङ्घकाे चुनाव : ६० भन्दा बढी जिल्लाको गणना सकिँदा विपुलकाे प्यानललाई अग्रता
नवलपुरमा ५ हजार १ सय हेक्टर वन क्षेत्रमा फैलियो डढेलो
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

१८ पुस , नवलपुर ।
टीकापुर ‘थारू विद्रोह’ का बन्दीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको छ।
टीकापुर थरुहट थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषण गरेको हो ।
अभियानका संयोजक सुरेन्द्र चौधरीद्धारा विज्ञप्तीमा दुई बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।
राजबन्दी रिहाई राष्ट्रिय अभियानले टीकापुर विद्रोह घटनालाई राजनीतिक सम्वाद, सहमति र निर्णयको आधारमा मुद्धा फिर्ता, खारेजी तथा आम माफी गरि बन्दीलाई निशर्त रिहाई गरिनु पर्ने , टीकापुर घटना लगायत मधेस र आदिवासी जनजाती आन्दोलनमा भएका घटनामाथि सत्यतथ्य छानविन गर्नका लागि पूर्व न्यायधीस गिरीसचन्द्रलालको संयोजकत्वमा न्यायीक छानविन आयोगको प्रतिवेदन, गृहमन्त्रालयद्वारा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानविन आयोगको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
उक्त अभियानले पहिलो र दोस्रो चरणको आन्दोलन तोकेको छ ।
पहिलो चरणको आन्दोलमा मानव अधिकारकर्मी राजनीतिक दल तथा नागरिक समाज अगुवाहरुसंग अन्तरक्रिया, पुस २० देखि माघ ६ गते सम्म कञ्चनपुर देखि पूर्वी नवलपरासी सम्म माघ २० गते सम्म चितवन देखि झापासम्म जनजागरण अभियान गर्ने जनाएको छ ।


त्यस्तै दोस्रो चरणको अभियान अन्र्तगत धर्ना बस्ने, प्रर्दशन र सिडियो मार्फत ज्ञापन पत्र बुझाउने, केन्द्रिय स्तरमा राजनीतिक दलका नेता, सांसद लगायत नागरिक समाजसंग संंवाद तथा लविङ गर्ने, तराई मधेशका सबै स्थानीय प्रतिनिधीहरुलाई पेनडाउन गर्न लगाउने, महिला संयन्त्र परिचालन गरि कुचो झाडु जुलुस सहित प्रर्दशन, युवा परिचालन मार्फत जिल्लाहरुमा लाठी जुलुस, कैलालीमा संयुक्त आमसभाको आयोजना गर्नेभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1