देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन गरे : प्रम ओली

Homeराजनीति

देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन गरे : प्रम ओली

विद्यार्थीले चाहेको जस्तो देश बनेन – नेविसंघ महामन्त्री थपलिया
निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने ओलीको दाबी
अवहेलना मुद्दामा आफै उपस्थित भएर जवाफ दिन प्रचण्डलाई सर्वोच्चको आदेश

१८ पुस , काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको बताउनु भएकाे छ ।

शनिबार काठमाण्डाैमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको बताउनु भएकाे हाे ।

संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको उहाँकाे भनाइ छ ।

प्रचण्ड–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको पनि उहाँले बताउनुभयो ।

प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाईलाई फुटाएर विभिन्न तत्वहरुसँग भित्रि साँठगाँठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने प्रयास गरिएको समेत बताउनु भयो ।
सरकारलाई असफल देखाउन तीन वर्ष देखिका विधेयकलाई समितिमा रोकेर राखिएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1