आजदेखि मङ्गलबारसम्म वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न मौसमविद्को सुझाव

Homeसमाज

आजदेखि मङ्गलबारसम्म वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न मौसमविद्को सुझाव

अङ्ग्रेजी नयाँ वर्ष २०२१ र नेपाली टोपी दिवस मनाइदैं
४ वर्षीय व्लड क्यान्सर पीडित बालकलाई आइक्याट ( AICAT ) कलेज ग्रुप इजरायलद्वारा आर्थिक सहयोग
सामसुङको वडा दशैं विग धमाकामा बुलिङ्गटारका कुमाललाई गाडी उपहार

१९ पुस , काठमाडौं ।

आज देखि पर्सि (मंगलबार) सम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्हरुको सुझाव छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :
तापक्रममा कमी साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ।
यतिबेला सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ ।
भने प्रदेश नं १ र २ मा आंशिक मात्र बदली छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1