थाकसकोे विस्तारिक बैठक जारी, थारुहरुको माग र मुद्दाका विषयमा व्यापक छलफल

Homeराजनीति

थाकसकोे विस्तारिक बैठक जारी, थारुहरुको माग र मुद्दाका विषयमा व्यापक छलफल

अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाडे
पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चुनिए
नेकपाको प्रचण्ड–नेपाल समूहले गुरुङ र पोखरेललाई प्रदेश इञ्चार्जबाट हटायो

१९ पुस , नवलपुर ।
थारु कल्याणकारीणी सभाको दुईदिने विस्तारिक बैठक जारी रहेको छ । पूर्वी नवलपरासीको कावासोती १५ अमलटारीमा शनिबादेखि सुरु भएको विस्तारिक बैठकमा कुनै ठोस निश्कर्ष नआएपछि बैठक आईतबार पनि जारी रहेको हो ।
थाकस केन्द्रीय समिति र थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजना रहेको बैठकमा थारुहरुका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको छ ।
बैठकमा थारुहरुको मागमुद्धाका विषयमा छलफल भएको थाकस महामन्त्री प्रेमीलाल चौधरीले बताउनु भयो ।
वहाँका अनुसार आगामी दिनमा थारुहरुका मागमुद्धालाई कसरी अगाडि लैजाने र यस अघि सहमति भएका मागमुद्धाहरुलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल गरिएको छ ।
बैठक थाकस केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीको अध्यक्षतामा सञ्चालन भएको हो । बैठकले एउटा साझा धारणा सहितको घोषणा पत्र जारी गर्ने छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1