देशका हिमाली क्षेत्रहरुमा भारी हिमपात

Homeसमाज

देशका हिमाली क्षेत्रहरुमा भारी हिमपात

२०७८ सालको बिदाको सूची सार्वजनिक
कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे
५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो, एक दशकयताकै धेरै भएको विभागको दाबी

२० पुस , काठमाडौँ ।
देशका हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । हुम्ला र जुम्लामा पनि हिमपात भारी भएको छ ।
आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ ।
हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।
हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् ।
यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।
यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो झनै बढेको छ ।
रातभरि समान्य पानी परेको जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो ।
हिमपातका कारण भने जुम्लामा पनि हवाई सेवा तथा यातायात प्रभावित भएको छ ।
जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको हो ।
बुधबारसम्म मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1