सरकारले गठन ग¥यो निर्वाचन सुरक्षा समिति

Homeराजनीति

सरकारले गठन ग¥यो निर्वाचन सुरक्षा समिति

थाकसकोे विस्तारिक बैठक जारी, थारुहरुको माग र मुद्दाका विषयमा व्यापक छलफल
नेकपाको स्थायी कमिटी बैठक स्थगित , आगामि पौष १ मा वस्ने
संसद पुर्नस्थापनको माग गर्दै, नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जादै

२० पुस , काठमाडौँ ।

सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव तहका अधिकृत सम्मिलित समिति गठन गरेका हुन् ।
समितिको सदस्य सचिवमा गृहकै शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमलाल लामिछानेलाई तोकिएको छ ।
समितिलाई सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत विवरण, मतदानस्थल र मतदान केन्द्र, निर्वाचनविरोधी गतिविधिको समीक्षा र सुझाव, निर्वाचनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका, सवारी, अन्य प्राविधिक उपकरणलगायत अनुमानित लागत विवरण तयार पार्न भनिएको छ ।
गृहमन्त्रीको उक्त निर्णयपछि सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले केन्द्रीय निर्वाचन सेल नै खडा गरेका छन् । सेना र प्रहरी पनि सेल गठनको तयारीमा छन्  ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् ।
विघटन असंवैधानिक भन्दै सत्तारूढ नेकपाकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहसहित प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टी तथा विभिन्न पेसारव्यवसाय र नागरिक तहबाट विरोध भइरहेको छ ।
विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर करिब एक दर्जन रिट संवैधानिक इजलासमा विचाराधीन छन् ।

मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले निर्वाचन तयारीका लागि सुरक्षा रणनीति बनाउन समिति गठन गरेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0