पर्वतीय खेलकुद महोत्सव आगामी फागुन तेस्रो सातादेखि हुने

Homeखेल

पर्वतीय खेलकुद महोत्सव आगामी फागुन तेस्रो सातादेखि हुने

फुटबल लेजेन्ड डियगाे म्याराेडाेनाकाे निधन
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ लाई
प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको पहिलो

२० पुस , कास्की ।
आठौं संस्करणको पर्वतीय खेलकुद महोत्सव आगामी फागुन तेस्रो साता हुने भएको छ।
आयोजक माउन्टेन स्र्पोर्टस् फेडेरेसनले आज सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २० गतेबाट गण्डकी प्रदेशमा गर्ने जानकारी दिएको हो।
चैत्र २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरामा मात्रै करिब १० वटा खेल हुनेछन्। बाँकी खेल बाग्लुङ, लमजुङ, तनँहु, मुस्ताङ लगायतका ठाउँमा आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाईम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाईडिङ, क्रसकन्ट्री रनिङ, मोटर स्पोर्टस्, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्रायाथलन, गल्फ, स्केट वोर्डिङ लगायतका १५ खेल हुने प्रतियोगिता संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ८८ लाख रुपैयाँ रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिता आयोजना गर्न १७ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको छ ।
यस्तै प्रतियोगिता सफल पार्न माउन्टेन स्र्पोर्ट्स फेडेरेशनका गण्डकी प्रदेश संयोजक समेत रहेका प्रदेश सांसद ईन्द्रधारा विष्टको संयोजकत्वमा लक्की क्षत्री, वसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरै रहेको ६ सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0