स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित थानकोटबाट दुई जना पक्राउ

Homeसमाज

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित थानकोटबाट दुई जना पक्राउ

कावासोती नगरबाट भने जस्तो सुबिधा पाउन सकिएन – महिला अर्गानिक कृषक समूह
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन फागुन २१ र २२ गते बुटवलमा आयोजना हुने

२० पुस , काठमाडौँ ।

स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाण्डौको थानकोटबाट दुई जना पक्राउ परेका छन् ।
कपिलवस्तुबाट काठमाण्डौ आइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले बताउनु भएको छ ।

उनीहरूले कारको डिक्कीमा टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ ।

भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0