२० पुस , काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाएको छ ।
माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका गुरुङ र पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अब गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई र लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको पनि उहाँले बताउनु भएको छ ।
यस्तै गण्डकीका सह–इञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङ र सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मा दिइएको छ ।
अर्का अध्यक्ष प्रचण्ड श्रीमती सीताको उपचारका लागि भारत गएपछि माधवकुमार नेपालको अध्यक्षतामा प्रचण्ड–नेपाल समूहको बैठक बसेको हो ।
COMMENTS