२१ पुस , नवलपुर ।
पुर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका ११ कुढौलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
हिजो कावासोती ११ को भित्री सडकखण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ६०प ४०३७ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिएको थियो ।
गम्भीर घाइते भएका सोही ठाउका दिल बहादुर बरामलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायक उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
मोटरसाइकल पछाडी सवार कावासोती १२ कि सिमा महत्तोको पुरानो मेडिकल कलेजमा उपचार भई रहेछ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
COMMENTS