अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाडे

Homeराजनीति

अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाडे

सरकारले संसद्को प्रभावकारिता नचाहेको सांसदहरूको टिप्पणी
कुनै एक दललाई बहुमत नदिँदा सँकट आइपर्योः मुख्यमन्त्री गुरुङ
प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप

२२ पुस , काठमाडौँ ।
संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने भएका छन्।
अधिवक्ताहरुले न्यायाधीश कार्कीमाथि स्वार्थ बाझिने भन्दै प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाडेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू यसबारे बुझ्ने क्रममा रहेको बताउनु भएको छ ।
केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता थिए ।
सोहीकारण अहिले पनि केपी ओली नै प्रधानमन्त्री भएको र उनकै सरकारविरुद्धको मुद्दामा न्यायाधीश कार्कीले हेर्न नमिल्ने अधिवक्ताहरुको जिकिर छ ।
न्यायाधीश कार्कीले छाडेपछि संवैधानिक इजलासमा भइरहेको बहस स्थगित भएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1