सचेतनाका कमीले गर्दा बजारमा म्याद गुज्रेका सामानहरु बिक्री वितरण भयो — घरेलु तथा साना उद्योग

Homeसमाज

सचेतनाका कमीले गर्दा बजारमा म्याद गुज्रेका सामानहरु बिक्री वितरण भयो — घरेलु तथा साना उद्योग

सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित
काठदाउराको प्रतिवन्ध फुकुवा नगरे आन्दोलित हुने छौँ ः वन उपभोक्ता ।
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको विजेता लमजुङकी निता कुमाल

२२ पुस , नवलपुर ।

सचेतनाका कमीले गर्दा बजारमा म्याद गुज्रेका सामानहरु बिक्रीवितरण भइरहेको घरेलु तथा साना उद्योग कार्यालय पूर्वी नवलपरासीका सुचना अधिकृत राधिका सापकोटाले बताउनु भएको छ ।
उत्पादक, विक्रेता, र उपभोक्ता यि तिनै वर्गमा सचेतनाका अभावले गर्दा बजारमा म्याद गुज्रेका सामान विक्री वितरण भईरहेको सुचना अधिकृत सापकोटाले बताउनु भयो ।


वहाँले यि तिनै वर्ग सचेत हुनुपर्ने, उपभोक्ताले सामान किन्दा पनि म्याद कटेको छ कि छैन भनेर हेर्ने बानीको विकास गनुपर्ने , विक्रेताले सामानको म्याद के कति छ , बेलाबखतमा हेर्नु पर्ने , र उत्पादकले पनि आफ्नो गुणस्तरियतालाई कायम गर्दै जानु पर्ने बताउनु भयो ।
सापकोटाका अनुसार कतिपय विक्रेताले नियतवश म्याद गुज्रेका सामान बेचेका हुन्छन् भने कतिपयले नजानेरै बेचिरहेका छन् ।
वाणिज्य व्यापार गर्दा म्याद गुज्रेका सामान राख्नु पर्ने क्षेत्र बनाउनु पर्ने हुन्छ । तर, धरै पसलहरुमा यस्ता क्षेत्र नबनाएको पाईएको वहाँ बताउनु हुन्छ ।
यस्तैगरी वहाँले कार्यालयमा १४ जनाको दरबन्दी भएतापनि अहिले ८ जनामात्र कर्मचारी भएका कारणले बजार निरीक्षण गर्नमा समस्या भएको बताउनु भयो ।


नवलपुरको बजार क्षेत्र ठूलो र गैडाकोट देखि विनयी त्रिवेणीहुदै पहाडी इलाकाहरुमा पनि निरक्षण गर्नु पर्दछ ।
अहिले त्यहीँ ८ जना कर्मचारीले समय मिलाएर बजार अनुगमन गरिहेको बताउनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपुरद्धारा अहिले जिल्ला भित्र रहेका ८ वटा स्थानिय तहहरुमा उद्यमशिलता र सिप विकास तालिम दिईसकेको छ ।
भने त्यसमा पनि अहिले देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउपालिकामा स्विटर , टोपी , गल्बन्दी जस्ता सिप मूलक तालिम सञ्चालन भईरहेको छ ।
यस्तै पौष महिनाको २९ गतेबाट गैडाकोट नगरपालिकामा हाउस वयरिङ्ग , हुप्सेकोट गाउपालिकामा सिलाइ कटाइ ३ महिने तालिम सञ्चालन हुनेछ ।
यस्तैगरी माघको पहिलो हप्ताबाट मध्यविन्दु नगरपालिका , बौदीकाली र बुलिङ्टार गाउपालिकामा कृषि तथा पशुपालनसंग सम्वन्धित १५ दिने तालिम समेत सञ्चालन गरिने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1