अमेरिकी संसद भवनभित्रै छिरेर ट्रम्प समर्थकले गरे हमला , एक महिलाको मृत्यु

Homeराजनीति

अमेरिकी संसद भवनभित्रै छिरेर ट्रम्प समर्थकले गरे हमला , एक महिलाको मृत्यु

नेकपा प्रचण्ड-नेपाल समूह सडक आन्दोलनमा उत्रिए
कांग्रेसको भातृ संस्थाहरुको देशैभर प्रदर्शन
नेविसंघद्धारा माईतिघरमा विरोध प्रर्दशन

२३ पुस, काठमाडौं ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउन गरेको प्रयासले अमेरिकामा हिंसा मच्चिएको छ।

आफ्ना प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला उनका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन्।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली लागेर एक महिलाको मृत्यु भएको छ।

प्रहरीले १३ जनालाई पक्राउ गरेको छ भने ५ वटा बन्दुकसमेत बरामद गरेको बीबीसीले जनाएकाे छ।

वासिङटनस्थित क्यापिटल बिल्डिङ (संसद् भवन) भित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेज भाेटबारे बहस चलिरहेकै बेला अचानक ट्रम्पका समर्थक प्रवेश गरेर हुलदंगा गरेका हुन्।

हतियारसहित छिरेका उनीहरुले निर्वाचनकाे मत परिणाम रद्द गर्न माग गर्दै झण्डै ३ घण्टा संसद् भवनमा तोडफोड गरेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

घटनापछि वासिङटनमा कर्फ्यु लगाइएकाे छ।

अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीले बताएका छन्।

ट्रम्पले चुनाव हारिसकेको भए पनि धाँधलीको आरोप लगाउँदै जो बाइडेनको जित अस्वीकार गरिरहेका छन्। नतिजा उल्टाउन उनले अदालतदेखि आक्रमणसम्मका हर्कत अपनाइरहेका हुन्।

सन् १८१४ पछि संसद् भवनमा भएको यो अहिलेसम्मकै घातक आक्रमण रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि बेलायती सैनिकले भवन जलाएका थिए।

अहिले ट्रम्पको व्यापक आलोचना भइरहेको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1