२३ पुस , नवलपुर ।
कोरोना भाईरसका कारण पूर्वी नवलपरासीका मत्स्य व्यवसायी कृषक मर्कामा परेका छन् ।
माछापालन व्यवसाय फस्टाउदै गएको जिल्लामा कोरोना भाईरसको प्रकोप समुदाय स्तरमा फैलिदा मत्स्य व्यवसायी साथै माछा पालक किसान पनि मर्कामा परेका हुन ।
नवलपुर जिल्ला मत्स्य पालन व्यवसायका लागि गण्डकी प्रदेशकै पकेट क्षेत्रका रुपमा चिनीन्छ ।
३ सय भन्दा बढि व्यवसायीक रुपमा मस्यपालन गरिदै आएकोमा यो वर्ष कोरोना संक्रमणको जोखिमका कारण लामो समय लकडाउन गरिए पछि यो व्यवसाय मारमा परेको छ ।
माछा पालन व्यवसायी मात्र नभई विचौलियाहरु समेत यस्को प्रत्यक्ष मारमा परेका छन् ।
कृषकहरुले उत्पादन गरेता पनि बिक्री गर्न गा¥हो भएको र पालो मिलाएर विक्री गर्नुपरेको नवलपुरको कावासोतीमा रहेको नवलपुर ताजा माछा पसलका सञ्चालक कृष्ण बहादूर गुरौ बताउनु हुन्छ ।

नवलपुर माछा व्यावसायी कृषक संघका अनुसार अघिल्ला वर्ष भन्दा यो वर्ष २५ प्रतिशतले माछा उत्पादनमा कमि आएको छ ।
कोभिड १९ को कारणले गर्दा माछा व्यावसायमा समस्या देखिएको हो ।
स्थानिय उत्पादनले जिल्लाको माग पुरा गरेता पनि जिल्ला बाहिर माछा निर्यात गर्न नसकेको माछा व्यवसायी कृषक संघका अध्यक्ष इन्द्रमणि भुसालले बताउनु भयो ।
व्यवसायीका अनुसार जाडो मौसममा माछाको राम्रो बजार भएता पनि यो वर्ष माछा त्यति उपभोग भएको छैन ।
लकडाउन अगाबै १ क्वीन्टल भन्दा बढि माछा खपत भएको थियो तर अहिले ५० किलो विक्री हुन पनि मुस्किल परेको व्यवसायी गुरौले बताउनु भयो ।


COMMENTS