२३ पुस , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ पिप्रहनीका २७ वर्षिय ट्र्याक्टर चालक किरण परियार गम्भीर घाइते भएको हो ।
बुधबार कावासोती १६ सृजनशिल टोल स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु ३ त ६७४८ नम्वरको खाली ट्र्याक्टर आफै अनियन्त्रीत भई पल्टदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।
COMMENTS