“नेकपाभित्र दुइटा समूह देखिए पनि कतै लागेको छैन” — गौतम

Homeराजनीति

“नेकपाभित्र दुइटा समूह देखिए पनि कतै लागेको छैन” — गौतम

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा
अब ओलीसँग कानेखुसी गरेर पार्टी चल्दैन : प्रचण्ड
संसद विघटनविरुद्धमा परेका रिटमाथी आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२३ पुस , काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको पछिल्लो विवादबारे उपाध्यक्ष वामदेव गौतमले मुख खोल्नु भएको छ ।
राष्ट्रिय सभा बैठकमा बिहीबार पहिलो पटक बोल्नु भएका गौतमले राजनीतिक रूपमा पार्टीभित्र दुइटा समूह देखिए पनि आफू कतै पनि नलागेको बताउनु भयो ।
नेकपा राजनीतिक रूपमा दुई समूहमा विभाजित देखिए पनि कानूनी रूपमा के हुन्छ अहिले नै प्रष्ट नरहेको वहाँको भनाइ छ ।
ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा आफ्नो हो भनेर मुद्दा हालेकोले नेकपा कसको हुने भन्ने पनि अदालतबाट टुंगिन बाँकी रहेको बताउनु भयो ।
अदालतले कट्टेलका पक्षमा फैसला गरिदिए अहिले नेकपाका दुई समूह एमाले र माओवादी केन्द्र हुने वामदेवको भनाइ थियो।
पार्टी अहिलेको अवस्थामा आइपुग्नुमा नेकपाका दुबै पक्षका नेताहरूको कमजोरी देखेको गौतमले बताउनु भयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0