अवैधरुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेका ११ वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा

Homeसमाज

अवैधरुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेका ११ वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा

महाराजा वचत तथा ऋण सहकारीको तदर्थ समिति गठन
स्मार्ट मल्टीप्रपोज कम्पनीद्धारा आफ्ना ग्राहकहरुलाई प्रशिक्षण
नवलपुरको कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

२३ पुस , नवलपुर ।
अवैध रुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा पुर्वी नवलपरासी प्रहरीले ११ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी र ईलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले विनयी त्रिवेणी गाउपालिका वडा नं. २ जोगिकुटि स्थित विनयी खोलाबाट खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गर्दै गरेको ११ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।
खाँणका अनुसार ५ वटा नं. नखूलेको ट्र्याक्टर गरी जम्मा ११ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ट्रयाक्टरहरुलाई आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1