तुइनको सहायतामा उपल्लो डोल्पामा पहिलो पटक एम्बुलेन्स पुग्यो

Homeसमाज

तुइनको सहायतामा उपल्लो डोल्पामा पहिलो पटक एम्बुलेन्स पुग्यो

यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो , धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखियो
पूर्वी नवलपरासीमा प्याराग्लाइडिङ्गको सफल परीक्षण
कावासोतीमा विद्यालयको गेट पल्टिएर च्याप्दा एक विद्यार्थीको मृत्यु

२४ पुस , डोल्पा ।

डोल्पामा पहिलो पटक एम्बुलेन्स पुगेको छ ।

सुर्खेतबाट झन्डै पाँच दिनमा तुइनका साथै डोजरको सहयोगमा उक्त एम्बुलेन्सलाई ‘पहिलो पटक’ डोल्पा पुर्‍याइएको हो।

झन्डै दुई दर्जन मानिसले चार घण्टा लगाएर एम्बुलेन्सलाई तुइनमा ठूली भेरी नदी तारेर सदरमुकाम दुनै पुर्याइएको जिल्ला अस्पताल डोल्पामा कार्यरत उदय जीसीले बताउनु भयो ।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. प्रशन्न कार्कीले उक्त एम्बुलेन्स दुर्गम डोल्पाको स्वास्थ्य सेवा सुधारमा सहयोगी बन्ने आशा व्यक्त गर्नु भएको छ ।

अहिले जिल्ला अस्पताल डोल्पामा कार्यरत उदय जीसीले एम्बुलेन्सलाई तुइनबाट नदी तार्दै गर्दा खिचेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1