वामदेवले सुरु गर्ने भए नेकपा एकता अभियान

Homeराजनीति

वामदेवले सुरु गर्ने भए नेकपा एकता अभियान

संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति देउवा सहभागी नहुने
केपी ओलि सङ्ग एकता नहुने : माधब नेपाल
रामचन्द्र पौडेल प्रहरी हिरासतमा कि नियन्त्रणमा ?

२४ पुस , काठमाडौं ।

वामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियान सुरु गर्नु भएको छ ।
जसका लागि आगामी बुधबार वहाँले ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्ने भएको छ ।
गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यहरु प्रदेश कमिटीको पदेन सदस्य हुने छन्।

गौतमले कानुनी रुपमा विभाजनको छिनोफानो नहुन्जेलसम्म शिष्ट भाषाको प्रयोग गर्न, एकअर्काको बारेमा कुराकानी नगर्न र दुवैतर्फको भेला, बैठक तथा आमसभामा नजान आम कार्यकर्तालाई आह्वान गर्ने छन्।

पराजुलीका अनुसार विवाद समाधानका लागि गौतमले रोडम्याप पनि अघि सारेका छन्। जसमा माघमा पार्टीको विशेष महाधिवेशन गरेर अध्यक्षबाट केपी ओलीलाई विदा दिने र उनले वैशाखमा घोषणा गरेको चुनावमा सहभागी हुने कार्यक्रम छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 2