आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारीको १० औँ साधारण सभा सम्पन्न

Homeसमाज

आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारीको १० औँ साधारण सभा सम्पन्न

हुप्सेकोट ५ पाँग्रेमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु
३ लाख ८५ हजार नगद सहित ५ जना पक्राउ
महाराजा वचत तथा ऋण सहकारीको तदर्थ समिति गठन

२५ पुस , नवलपुर ।
आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड कावासोती पुर्बी नवलपरासीको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार कावासोती स्थित हिकोडेफ सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष रुद्र वहादुर गुरुङको सभाध्यक्षता रहेको थियो भने नेपाल आदिवासी जनजाति महासँघ सँघीय परिषद सदस्य तथा समाजसेबी रमिला भुजेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि भुजेलले आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी सँस्थाले आदिवासी जनजातिहरुको आर्थिक स्तर उकास्न र चेतना अभिबृद्धिमा पु¥याएको योगदानको उच्च कदर गर्नुभयो ।
वहाँले नेपाल राष्ट्रको निर्माणमा नेपालका आदिवासी जनजातिहरुको महत्वपुर्ण भुमिका भएको तर त्यसको राज्यले सही मुल्याँकन गर्न नचाहेको बताउनुभयो ।
अधिकार र पहिचानका लागि केन्द्र देखि स्थानीय तहसम्म आदिवासी जनजातिहरु जागरुक हुनुपर्ने वहाँको तर्क थियो ।
कार्यक्रममा , तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशका उपाध्यक्ष बुद्धि बहादुर गुरुङको बिशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै तमुस्योँ ह्युल छोँज धीँ तमुस्यो राष्ट्रिय परिषद गण्डकी प्रदेशका प्रदेश प्रमुख पार्बती गुरुङ , अध्यक्ष जनकाँशी गुरुङ, नेपाल आदिवासी जनजाति महासँघ पुर्बी नवलपरासीका अध्यक्ष राम ब्लोन तामाङ , नेपाल मगर बौद्ध सेवा समाज पुर्बी नवलपरासीका कोषाध्यक्ष भुवनसिँ ठाडा मगर , नेपाल मगर सँघ कावासोती इकाइ समितिका सदस्य देव बहादुर सारु मगर , सँस्थाका लेखा समिति सँयोजक जगतकाजी गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्ष रुद्र बहादुर गुरुङले बार्षिक प्रगति प्रतिबेदन पेश गर्नुभएको कार्यक्रममा सँस्थाका कोषाध्यक्ष बिष्णु बहादुर गुरुङले आर्थिक प्रगति प्रतिबेदन पेश गर्नुभएको थियो ।
कोभिड १९ का कारण सामाजिक दुरी कायम गर्नका लागि शेयर सदस्यहरुको प्रतिनीधि मुलक उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी सँस्था लिमिटेड बुद्धदर्शन टेलिभिजन एच डि को प्रबद्र्धक सँस्था हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1