महाराजा वचत तथा ऋण सहकारीको तदर्थ समिति गठन

Homeसमाज

महाराजा वचत तथा ऋण सहकारीको तदर्थ समिति गठन

विवाह पञ्चमी पर्व मनाइँदै
अवैधरुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेका ११ वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा
चेपाङ समुदायले चिउरी रूखको लालपुर्जा पाउने

२५ पुस, नवलपुर ।
महाराजा वचत तथा ऋण सहकारी एवं लुम्बिनी वहुदेश्यीय सहकारी संस्था लिमिटेडको एकीकरण घोषणा तथा १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको कार्यक्रममा महाराजा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम वहादुर रानाको सभाध्यक्षता एवं नवलपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै गरी कार्यक्रममा महाराजा साकोसका संस्थापक अध्यक्ष बलराम थापा , संस्थाका सल्लाहकार धन वहादुर मास्की रानाको बिशेष आतिथ्यता रहेको थियो ।
भने साहित्यकार लिला मास्की राना लगायतको उपस्थिति रहेको थियो ।


यस्तै शनिबार नै प्रेम वहादुर रानाको अध्यक्षतामा १६ जना तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा देवीसरा पुलामी , सचिवमा दयाराम गहतराज , सहसचिवमा गन वहादुर सारु र कोषाध्यक्षमा महेन्द्र वहादुर सारु चयन भएका छन् ।
भने सदस्यहरुमा बालकृष्ण पाण्डे , ऋषि लम्साल , रुपेस कुमार नेपाली , ईश्वर प्रसाद सापकोटा , सुशिलादेवि थापा मगर , जसमति थापा मगर , विर वहादुर कानुङ, पुमिसरा थापा, एक नारायण पौडेल चयन भएका छन् ।
यस्तैगरी लेखा समितिको संयोजकमा इन्द्रफाल मगर र सदस्यहरुमा फुल माया तिवारी र मिना राना चयन भएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1