नवलपुरमा सवारी दुर्घटना, घटनास्थलमै एकको मृत्यु

Homeसमाज

नवलपुरमा सवारी दुर्घटना, घटनास्थलमै एकको मृत्यु

७० घडियाल गोही नदीमा छाडियो
कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे
एउटा खोस्टो पेपरमा हस्ताक्षर गरेको भरमा समाज परिवर्तन हुदैन ? कहिलेसम्म दलित विभेदमा पिल्सने ?

२५ पुस , नवलपुर ।
पूर्वी नवलपरसीको मध्यविन्दु ७ चोरमारा जंगलमा सवारी दुर्घटना हुदाँ एक जनाको घटना स्थल मै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार दिउँसो बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत बुटवलबाट नारायणगढ तर्फ आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार अन्दाजी २७ वर्षीय एक जना पुरुषको घट्नास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भारतीय यु पी २२ ए पी १०८६ नम्बरको ट्रकले ना २१ प ७५६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
समाचार तयार पार्दा सम्म मृतकको सनाखत हुन सकेको छैन ।
शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मध्यविन्दु डण्डामा राखिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1