जनजाति विद्यार्थीको नयाँ नेतृत्वको अध्यक्षमा चन्द्र चौधरी

Homeसमाज

जनजाति विद्यार्थीको नयाँ नेतृत्वको अध्यक्षमा चन्द्र चौधरी

नवलपुरमा पनि मनाइयो सहिद दिवस, सहिदको सम्झनामा कविता वाचन
नवलपुरका बालुवा प्रशोधन उद्योगहरु विना कारवाही सुचारु
नवलपुरमा ११ दिने आधारभूत पत्रकारिता तालिम सुरु

 

२६ पुस , काठमाडौं ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको छैठौं राष्ट्रिय महाधिवेशनले चन्द्र प्रसाद चौधरीको अध्यक्ष्यतामा ३६ सदस्यीय चयन गरेको छ ।

शनिबार काठमाडौंको बसपार्क स्थित तनहुँ समाजको भवनमा सम्पन्न महाधिवेशनले चन्द्र प्रसाद चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

आदिवासी जनजातीको २८ वटा जातिय विद्यार्थी संगठनको सहभागीतामा थारु विद्यार्थी संघका अध्यक्ष समेत रहेका चौधरी सर्वसम्मतले मनोनीत भएका हुन् ।

यस्तैगरी महाधिवेशनले कुमाल समाज विद्यार्थीबाट सचिवमा शम्भु कुमाललाई पनि सर्वसम्मतले चयन गरेको छ ।
कुमाल, कुमाल विद्यार्थी समाज केन्द्रका उपाध्यक्ष हुन् ।

 

छैठौं महाधिवेशनले एक जना वरिष्ठ उपाध्यक्ष , ६ जना उपाध्यक्ष , एक जना महासचिव , ३ जना सचिव र एक जना कोषाध्यक्ष गरि ३६ सदस्यीय समिति गठन गरेको हो ।

कार्यक्रममा बोल्नु हुँदै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले राजनीति अवस्था जे जस्तै भएतापनि सिंगो आदिवासी जनजातिका आन्दोलन र मुद्दाहरुमा केन्द्रित हुन विभिन्न भातृसंगठनहरुलाई आग्रह गर्नु भयो ।

साथै वहाँले नयाँ नेतृत्वमा चयन भएकाहरुलाई सबैलाई सफल कार्यकालको कामना व्यक्त गर्नु भएको छ ।

महाधिवेशन विगत दुइ वर्ष देखि विभिन्न विवादका कारण हुन सकेको थिएन ।

महाधिवेशनमा देशभरिका प्रदेश जिल्ला र महासंघमा आवद्ध जातीय विद्यार्थी घटक संगठनहरुबाट गरि दुई सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1