कावासोती नगरबाट भने जस्तो सुबिधा पाउन सकिएन – महिला अर्गानिक कृषक समूह

Homeसमाज

कावासोती नगरबाट भने जस्तो सुबिधा पाउन सकिएन – महिला अर्गानिक कृषक समूह

पाथीभरा क्षेत्रमा लागेको आगो ५ दिन हुदासम्म नि नियन्त्रणमा आउन सकेन
सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर
सीमान्तकृत , आदिवासी जनजाति समुदाय लगायतका अधिकार संरक्षणमा राज्यले ध्यान पु¥याउन सकेन

२६ पुस , नवलपुर ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ स्थित सृजनशिल महिला अर्गानिक कृषक समूहले अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ ।
विगतडेढ वर्ष देखि अर्गानिक तरकारी उत्पादन गर्दै आएता पनि कावासोती नगरपालिकाले अहिले सम्म कुनैपनि अनुदान तथा सहयोग प्रदान नगरेको समुहका सदस्यहरुले बताएका छन् ।
कावासोती नगरपालिकाले अन्य वडाहरुमा वजेट विनियोजन गरेको भएता पनि वडा नम्वर ३ मा भने कृषि क्षेत्रका लागि वजेट विनियोजन नभएको वडा कार्यालयबाट आफुहरुले थाहा पाएको कृषक समूहकी अध्यक्ष गंगा चुहान मगरले बताउनु भयो ।


त्यस्तैगरी विउबिजन महङ्गो हुने , अर्गानिक तरकारी उत्पादन गर्नका लागि गोबर मल प्रयोग गर्नु पर्ने, तर गोबर मलको मुल्य पनि एकदम महङ्गो भएको अध्यक्ष चुहानले बताउनु भयो । नगरपालिकाबाट थोरै भएपनि अनुदान सहयोग पाएमा आफुहरु अर्गानिक तरकारी उत्पादनमा अझै हौसिएर लाग्न सकिने वहाँले बताउनु भयो ।
२२ जना सदस्य रहेको सृजनशिल महिला अर्गानिक कृषक समूहले अहिले २ विगाहा क्षेत्रफलमा खेती गर्दै आएको छ ।

यता कावासोती नगरपालिका अन्तर्गत पशु तथा कृषि विकासका उपशाखाका अधिकृत डाक्टर टेकराज पौडेलले वडा कार्यालयबाट मात्र कृषि सम्बन्धी सबै सुबिधा प्राप्त हुन नसक्ने बताएका छन् । कतिपय सेवा सुबिधा प्राप्त गर्नका लागि नगरपालिका सम्मै आउनुपर्ने वहाँको भनाइ छ । सकेसम्म नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट कसैलाई वञ्चित नगरिने वहाँले बताउनुभयो ।


अधिकृत डाक्टर पौडेलले कावासोती नगरभित्र रहेका सबै किसानहरुलाई कुनैपनि सेवा सुविधा आवश्यक परेमा नगरपालिकाको कृषि पशुपन्छी तथा मत्स्य विकास उपशाखामा सम्र्पक गर्न अनुरोध समेत गर्नु भयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1