आज २ सय ९९औँ पृथ्वी जयन्ती मनाइदैँ

Homeसमाज

आज २ सय ९९औँ पृथ्वी जयन्ती मनाइदैँ

काठदाउराको प्रतिवन्ध फुकुवा नगरे आन्दोलित हुने छौँ ः वन उपभोक्ता ।
आज शहीद दिवस, जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै
काठमाडौँमा आदिबासी जनजातिहरुको सवाल बिषयक अन्तरकृया सम्पन्न

२७ पुस , काठमाडौँ ।
आज २ सय ९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ।
उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए ।
यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।
२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२ , ०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो।
सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन्।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1