नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन

Homeखेल

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन

पारस खड्कालाई कोरोना संक्रमण
प्रथम महमाई नकआउट खुल्ला भलिबल प्रतियोगिताको विजेता साबिक महमाई वडा नं. ६
तीनवटा प्रदेशमा माघदेखि प्रदेश लिग फुटबल प्रतियोगिता हुने

२७ पुस , काठमाडौँ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ ।
शाहीको ६५ वर्षको उमेरमा हिजो बेलुका दैलेखको पुर्ख्यौली घरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाकाअनुसार मल्टिपल अर्गन फेलरबाट पीडित शाहीलाई अरु विभिन्न रोगको सङ्क्रमण समेत भएको थियो ।
लोकबहादुर शाही आधुनिक नेपाली फुटबलको स्तरीय गोलकिपर मानिन्छन् ।
सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट सम्हालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1