हिंसा विरुद्ध सधै आवाज उठाउन सक्नु पर्छ — प्रहरी उपरीक्षक प्रकाश मल्ल

Homeसमाज

हिंसा विरुद्ध सधै आवाज उठाउन सक्नु पर्छ — प्रहरी उपरीक्षक प्रकाश मल्ल

सामसुङको वडा दशैं विग धमाकामा बुलिङ्गटारका कुमाललाई गाडी उपहार
नवलपुरमा ५ हजार १ सय हेक्टर वन क्षेत्रमा फैलियो डढेलो
महिलाको सुरक्षा चुनौतिपूर्ण बन्दै

२७ पुस , नवलपुर ।

हिंसाको खिलापमा सधै आवाज उठाउन सक्नु पर्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनु भएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीसँग प्रहरी कार्यक्रममा बोल्नु हुदै प्रहरी उपरीक्षक मल्लले सो कुरा बताउनु भएको हो ।
वहाँका अनुसार हिंसा जहाँ पनि हुन सक्छ , घरमा होस् वा बाहिर नेपाली समाज हिंसाले घेरिएको समाज हो । त्यस कारणले गर्दा पनि विशेष गरी छात्राहरुले हिंसाको खिलापमा सधै आवाज उठाउन सक्नु पर्ने बताउनु भयो ।
जहाँ जहाँ हिंसा हुन्छ , त्यहाँ आवाज उठाउने बानीको विकास गर्न सक्नु पर्ने वहाँको भनाई छ ।
कसैले हिंसात्मकरुपमा आक्रमण गर्न लाग्यो भने १०० नम्वरमा डायल गर्न समेत प्रहरी उपरीक्षक मल्लले आग्रह गर्नु भयो ।


दुई दिन सम्म सञ्चालन हुने विद्यार्थीसँग प्रहरी कार्यक्रममा साइवर क्राइम, फेसबुक लगायत सामाजिक संजालबाट हुने अपराध र त्यसबाट बच्ने उपाय, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा हुने अपराध र त्यसबाट सुरक्षित रहने तरिका, लागूऔषधको सेवनबाट हुने असर र सुरक्षित रहने तरिका, घटनास्थलमा आफूमाथि आक्रमण हुँदा सुरक्षित रहने उपाय, साइवर बुलिङबाट पर्ने असर, घुम्न जाँदा अपनाउनुपर्ने उपाय, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा प्रशिक्षण दिइएको छ । साथै विद्यार्थीले राखेका जिज्ञासाको सम्वोधन समेत गरिने छ ।


सोमबार जिल्ला प्रहरी कार्यालय नवलपुर र कावासोती नगरपालिको संयुक्त आयोजनमा र जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीको सहयोगमा दुइ दिने विद्यार्थीसंग प्रहरी कार्यक्रम सञ्चालन भएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1