माघे सक्राति नजिकिएसँगै नवलपुरमा तरुलको कारोबार बढ्यो

Homeअर्थ

माघे सक्राति नजिकिएसँगै नवलपुरमा तरुलको कारोबार बढ्यो

कावासोती नगरपालिकाले थप २२ करोड बढी बजेट भित्राउने
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

२८ पुस, नवलपुर ।
माघे सक्राति नजिकिएसँगै पूर्वी नवलपरासीका बजारमा तरुलको कारोबार बढेको छ ।
सोमबारदेखि माघे सक्रातिका लागि तरुलको कारोबार बढेको व्यापारीहरुले बताएका छन् ।
व्यापारीहरुका अनुसार यसपालि पोहोरकै मूल्यमा तरुलको कारोबार भइरहेको बताएका छन् ।
कावासोती स्थित कृषि उपज थोक बजारका तरुल ब्यापारी लाल बहादुर सारुले आफुले गएका वर्षहरुमा जस्तै यसपालि पनि पोखरा र काठमाडौँमा तरुल पठाएको बताए ।


पोखरा तर्फ ३ टन पञ्जे तरुल, १ टन वन तरुल र काठमाण्डौँ तर्फ ७ क्वीटल वन तरुल र १ टन पञ्जे तरुल पठाएको सारु बताउँछन् ।
त्यसो त माघे सकरातिका लागि तरुल किन्न बजारमा स्थानीयहरुको पनि भीड लागेको देख्न सकिन्छ ।
बजारमा अहिले घरको मुढे तरुल ५० रुपैया , सखरखण्ड ६५ रुपैया वन तरुल १५० रुपैया प्रति किलोमा बिक्री भै रहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1