प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि भोलि सुनुवाइ हुँदै

Homeराजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि भोलि सुनुवाइ हुँदै

काँग्रेसद्वारा संसद विघटनविरुद्ध १३ गते प्रदर्शन गर्ने घाेषणा
नेपाली कांग्रेसको आपत्ति
प्रम ओलीको सेटिङले देश चल्दैन– दाहाल –नेपाल नेतृत्वको नेकपाका नेता भुसाल

२८ पुस , काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ।

सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए।

सो विवाद कहाँ सुनुवाइ हुने भन्ने बुधबार मात्र तय हुनेछ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो।

न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेको हो ।

प्रधानन्यायाधीशले बुधबारको इजलासमा अर्का न्यायाधीश तोक्नुपर्ने हुन्छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1