पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुने

Homeखेल

पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुने

सिजनको अन्त्यमा सर्जियो अगुएरोले सिटी छाड्ने
नेपालले जित्यो त्रिदेशीय फुटबल कपकाे उपाधि
नेपाल पहिलो पटक टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

२८ पुस , कास्की ।
भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण आउँदाे फागुन १ गते हुने भएको छ ।

म्याराथनको विजेताले दुई लाख तथा द्वितीय एक लाख रुपैयाँ, तृतीयले ७५ हजार र सान्‍त्‍वनाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्चले जानकारी दिएको हो ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराएर खेलकुद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ ।

यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः एक लाख, ७५ हजार, ५० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य देशका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक-फरक मितिमा आयोजना गरिने भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1