कक्षा १२ को नतिजा माघ १० गतेभित्रै प्रकाशन हुने

Homeशिक्षा

कक्षा १२ को नतिजा माघ १० गतेभित्रै प्रकाशन हुने

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
५१३ जना अधिकृतको लागि विज्ञापन खुल्यो
तनहुँकाे भिमाद नगरपालिकाले शिक्षा मन्त्रालयको विद्यालय बन्द गर्ने सम्बन्धी निर्णय नमान्ने

२ माघ , काठमाडौं ।

कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उहाँले जानकारी दिनुभयो ।

दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताउनुभयो ।

जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो ।
हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो ।
परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन् ।

यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1