प्रथम महमाई नकआउट खुल्ला भलिबल प्रतियोगिताको विजेता साबिक महमाई वडा नं. ६

Homeखेल

प्रथम महमाई नकआउट खुल्ला भलिबल प्रतियोगिताको विजेता साबिक महमाई वडा नं. ६

नेपाल ट्वान्टी–२० विश्वकपका लागि ग्लोबल छनोटमा
आर्मीले चौदण्डीगढी नगरपालिकालाई ९–० ले हरायो
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन

३ माघ , इलाम ।

प्रथम महमाई नकआउट खुल्ला भलिबल प्रतियोगिता २०७७ मा महमाई नगरपालिका वडा नम्बर ७ कपरसुका प्रथम भएको छ ।
इलामको कपरसुमा ( प्रतियोगिता पुस २८ र २९ गते ) दुइदिन सम्म भएको खेलमा आयोजक टिम ( नेपाल तरुण दल ) साबिक महमाई ६ र हाल महमाई नगरपालिका ७ प्रथम भएको हो ।
यस्तै महमाई नगरपालिका वडा नम्बर ५ दोस्रो र भएको छ। भने प्रथम र दोस्रो हुनेलाई क्रमशः नगद रु १५ हजार , १० हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।
प्रतियोगितामा १६ टिम सहभागी भएका थिए ।

प्रतियोगिताको उद्घाटन सत्रमा पुर्व सांसद एबं नेपाली कांग्रेस महासमितिका सदस्य नगेन्द्र कुमालले प्रतियोगिताका प्रमुख रेफ्री योगेन्द्र सुवेदीलाई बल र सिटी प्रदान गरि खेलको उद्घाटन गर्नु भएको थियो ।

यस्तै प्रतियोगिताको समापनमा नेपाली कांग्रेस जिल्ला सभापति इलामका हिमालय कर्मचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तैगरी नेपाली कांग्रेस महासमितिका सदस्य विष्णु दाहाल सुब्बा , जिल्ला खेलकुद संयोजक सुवास आङ्थुपो लगायतको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै प्रतियोगिताको प्रथम पुरस्कार
पुर्व सांसद एबं नेपाली कांग्रेस महासमितिका सदस्य नगेन्द्र कुमालले प्रायोजन गर्नु भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1