तराईमा बाक्लो हुस्सु र कुहिरो , मौसम सफा हुन अझै केही दिन लाग्ने

Homeसमाज

तराईमा बाक्लो हुस्सु र कुहिरो , मौसम सफा हुन अझै केही दिन लाग्ने

महिला हिंसा बढेकोमा राष्ट्रपतिको गम्भीर चासो
भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदि थुनियो
बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा २ पाङ्ग्रे सवारी र पैदल यात्रा गर्न रोक

४ माघ , काठमाडौँ ।

बाक्लो हुस्सु र कुहिरोका कारण चिसो बढ्दा तराई–मधेसको जनजीवन प्रभावित भएको छ ।
एक हप्तादेखि नै बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो निकै बढेको र जनजीवन प्रभावित भएको हो ।
पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिममा आजभोलि बिहानै देखि बाक्लो कुहिरो लाग्ने गरेको छ ।
यस्तै मध्य तराईको चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पनि बाक्लो कुहिरो लागेको छ ।
यी जिल्लाहरुमा बेलुकीपख सम्म नै कुहिरो लाग्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
चिसो बढेसँगै मानिसहरु जाडोबाट बच्न आगो तापेर घरमै बस्न बाध्य भएका छन् ।
चिसोका कारण खासगरि दैनिक ज्यालादारी तथा घर बाहिर खुल्ला ठाउँमा काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर तथा सर्वसाधाराणलाई बढी समस्या भएको छ ।
घर बाहिर रिक्सा ठेला तथा निर्माणका काममा खटने मजदुरहरु बढी प्रभावित भएका छन् ।
चिसोले गर्दा स–साना बालबालिका र वृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको ख्याल गर्नुपर्ने डाक्टरहरुको सुझाव छ ।
सकेसम्म घरवाहिर ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन तथा तातो झोलिलो तथा पोषणयुक्त खाना खान डाक्टरहरुले सुझाव दिएका छन् ।
यस्तैगरी
मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ ।
देशका पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताउनु भयो ।
बहाँ अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन ।
वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0