४ माघ , नवलपुर ।
गैंडाको आक्रमणबाट पूर्वी नवलपरासीेको देवचुली नगरपालिकामा एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार देवचुली १५ प्रगतिनगर सालघारीका ५० वर्षीय पदमबहादुर रानाभाट घाइते भएका हुन् ।
आइतबार बिहान प्रगतिनगरतर्फ आउँदै गर्दा उनलाई बाटोमा गैंडाले आक्रमण गरी घाइते बनाएको हो ।
गैंडाको आक्रमणबाट घाईते भएका रानाभाटको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रानाभाटको टाउको, छाती, हात, खुट्टा लगायतका अंगमा बाहिरी चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
COMMENTS